Section 21
बालबालिकालाई नियन्त्रणमा लिने
(१) कसूरजन्य कार्यको सूचना प्राप्त भएमा अनुसन्धान अधिकारीले यथाशीघ्र सो कसूरको सम्बन्धमा अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ। त्यसरी अनुसन्धान गर्दा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई अनुसन्धानको लागि नियन्त्रणमा नलिई नहुने देखेमा अनुसन्धान अधिकारीले त्यस्तो बालबालिकालाई नियन्त्रणमा लिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएका बालबालिकालाई नियन्त्रणमा लिइरहन आवश्यक नदेखिएमा निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम बालबालिकालाई नियन्त्रणमा लिएमा अनुसन्धान अधिकारीले सो कुराको जानकारी निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई दिनु पर्नेछ।
(४) उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीले बालबालिकालाई नियन्त्रणमा लिंदा बल प्रयोग गर्न पाउने छैन।
तर बालबालिकालाई नियन्त्रणमा लिन आवश्यक पर्ने न्यूनतम बल प्रयोग गर्न बाधा पर्ने छैन।
(५) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको बालबालिकालाई सम्भव भएमा बाल मनोविज्ञ वा बाल हित सम्बन्धी काम गर्ने व्यक्तिसँग सम्पर्क गराई आवश्यक परामर्श सेवा उपलब्ध गराउनु पर्नेछ।
(६) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको बालबालिकालाई दफा २७ बमोजिम आफैंले दिशान्तर गर्न सक्ने भएमा अनुसन्धान अधिकारीले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो बालबालिकासँग आफैंले बयान लिन सक्नेछ।
(७) उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको बालबालिकालाई बाल अदालतको अनुमतिले एक पटकमा पाँच दिनमा नबढ्ने गरी एक्काईस दिनसम्म निगरानी कक्षमा राख्न सकिनेछ।
(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरजन्य कार्यको आरोप लागेको बालबालिकाको शारीरिक अवस्था, उमेर, कसूरजन्य कार्य गर्दाको परिस्थिति वा निगरानी कक्षको अवस्थालाई ध्यानमा राख्दा निजलाई निगरानी कक्षमा राख्न उपयुक्त छैन भन्ने बाल अदालतलाई लागेमा बाल अदालतले खोजेको बखत उपस्थित गराउने शर्तमा त्यस्तो बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक र निजहरू नभए बालबालिकाको हक हितको संरक्षण गर्ने कार्यमा संलग्न सामाजिक संस्था वा बाल सुधार गृहको जिम्मा लगाई मुद्दाको अनुसन्धान गर्ने आदेश दिन सक्नेछ।
(९) अनुसन्धान अधिकारीले नियन्त्रणमा लिएका बालबालिकालाई सोधपुछ गर्दा निजको बाबु आमा वा संरक्षक वा बालकल्याण अधिकारी वा कानून व्यवसायीको उपस्थितिमा बालमैत्री वातावरणमा गर्नु पर्नेछ।